
उदयपुर, ५जेठ – उदयपुरबाट सोलुखुम्बुजिल्लातर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा सहचालकसहित दुईजनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य एकजना घाइते भएका छन् ।
सिद्धिचरण राजमार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्डको कटारी नगरपालिका– १४ लामीडाँडामा आइतबार ना४ख ७००० नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक सिन्धुली दुधौली नगरपालिका–११ का २० वर्षीय लिलाबहादुर सार्की र कटारी नगरपालिका ५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको ज्यान गएको हो ।
सिरहाको मिर्चैयाबाट सोलु हाइड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको टिपर पछाडी सार्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए ।
टिपर सडकबाट करिब १ हजार ५ सय मिटर तल दादुरा खोलामा खसेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए । प्रहरीले टिपर चालक सिन्धुली नपा ११ का ४० वर्षीय हर्कबहादुर सार्कीलाई नियन्त्रणमा लिई अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।