ताईवानमा समलिङ्गी विवाहलाई कानूनी मान्यता

काठमाण्डु टुडे २०७६ जेठ ३ गते १६:१४ मा प्रकाशित

एजेन्सी । ताईवान समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पहिलो एसियाली मुलुक बनेको छ । ताइवानको संसदले समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक पारित गरेको हो ।


संसदको निर्णय गरेलगत्तै स्वागतमा हजारौं समलिङ्गी तथा अधिकारकर्मीले राजधानी ताईपेईका सडकमा उत्रिएर खुशीयाली मनाएका छन् । समलिङ्गी विवाहलाई मान्य दिने÷ नदिने विषयमा ताईवानको संसदमा आज भएको मतदानमा सोको पक्षमा ६६ र विपक्षमा २७ मत खसेको थियो ।

ताईवानले यसअघि सन् २०१७ मा यस विषयमा पुर्नविचारका लागि २ बर्षको समयसीमा तोकेको थियो । अब आगामी मे २४ सम्ममा कानून परिवर्तनले अन्तिम रुप पाउने बीबीसीले उल्लेख गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us