१७ वर्षीय सुविलको हत्यामा प्रेमिका संलग्न

काठमाण्डु टुडे २०७६ जेठ १ गते १०:५४ मा प्रकाशित

कञ्चनपुर, १ जेठ – कृष्णपुर नगरपालिका–७ कलुवापुरका १७ वर्षीय सुविल बडायकको हत्या अभियोगमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले मंगलबार आदेश दिएको छ ।

अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले १९ वर्षीय अयोध्या राना, २० वर्षीय प्रमोद राना र १९ वर्षीय शिवानी रानालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अर्का पक्राउ परेका देवसिंह रानालाई ५० हजार रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

शिवानी हत्या गरिएका बडायककी पूर्व प्रेमिका हुन् । उनको गत चैत २८ गते गाउँमा विवाह समारोह भइरहेका बेला डिजेमा नाच्ने बेला विवाद भई लखेटेर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

प्रहरीले शव क्षतविक्षत अवस्थामा नजिकैको खोलामा गाडिएको अवस्थामा फेला पारेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us