
एजेन्सी– पपुवा न्यु गिनीमा मंगलबार शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) का अनुसार त्यहाँ ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि बिनासकारी सुनामी आउने चेतावनी दिइएको छ । भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी छ । गत वर्ष पपुवा न्युगिनीमा ७.५ रेक्टर स्केलको भूकम्प जाँदा १ सय ५० जनाको ज्यान गएको थियो ।