‘किङ्स लाउन्ज’मा पूर्वराजपरिवारको मस्ती

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डुको दरबार मार्गस्थित किङ्स लाउन्जमा परिवारसहित झुल्किए ।

उनले त्यहाँ ३ घण्टा समय बिताए । गत शुक्रबार पूर्वराजा शाहले आफ्ना परिवारका सदस्यसहित ‘ह्याप्पी फ्राइडे’ मनाएका हुन् ।

श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा उनीस् किङ्स लाउञ्ज पुगेका थिए । झण्डै ४० आफन्तको साथमा किङ्स लाउन्ज पुगेका ज्ञानेन्द्रले त्यहाँ बस्दा खुसी साटासाट गरे । सुट पाइन्टमा सजिएर औपचारिक शैलीमा किङ्स लाउन्ज पुगेका उनी हर्षित मुद्रामा देखिएका थिए ।

साँझ साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितीबीच दरबारमार्ग पुगेका ज्ञानेन्द्रले लाइभ म्युजिकको साथमा स्वादिष्ट भोजनको मज्जा लिएका थिए । सहभागी सबैले किङ्स लाउन्जमा उपलब्ध विभिन्न प्रकारका स्वादिष्ट खानाको स्वाद लिँदै गर्दा ज्ञानेन्द्रले खानाको प्रंशसा गर्दै सञ्चालकलाई धन्यवाद दिएका थिए ।

त्यस क्रममा ज्ञानेन्द्र र उनका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित फ्यानहरुसित फोटोसमेत खिचाएका थिए । शाहलाई किङ्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारण स्वागत र सम्मान गरे ।

पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । पूर्व राजा सहभागी उक्त दिन लाउन्जमा किङ्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगित प्रस्तुत गरेका थिए ।

लाउन्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल परिकार हरेक दिन फरक फरक स्वादमा आन पाइन्छ । बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीसमेत हुने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us