
काठमाण्डु, ३१ वैशाख– महानगरीय प्रहरी परिसर काठमाण्डुले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ ।
सार्वजनिक स्थानमा अपाच्य हुने गरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै काठमाण्डु परिसरले यस्तो गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियमान सुरु गरेको हो । परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको बताए । राजधानी दैनिकबाट