सपनामा देखेको नम्बरले दिलायो १० लाख डलर !

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते ८:१४ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् ।

परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् । उनले खुसी हुँदै भनेका छन् ‘मैले मेरो टिकट अनलाइनमार्फत जाँचेपछि आफूलाई चिठ्ठा परेको खबर थाहा पाएका हुँ । मैले निरन्तर आफ्ना भाग्यको प्रयास जारी राखेको थिएँ । मलाई एक दिन ती संख्यामा चिठ्ठा पर्नेमा पूर्ण विश्वास थियो ।’
साथै उनले विगतमा पनि सोही नम्बरमा आफूलाई सानो परिमाणका चिठ्ठा परिसकेको बताएका छन् । उनले यी आफ्नो भाग्याशाली संख्या भएकाले अझै पनि सोही नम्बरको चिठ्ठा किन्न नछाड्ने पनि बताएका छन् । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us