विप्लव र वैद्यका विद्यार्थी संगठनले त्रिवि सेवा आयोगमा ताला लगाए

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै नेत्र विक्रम चन्द विप्लव र मोहन वैद्य किरणको पार्टी निकट विद्यार्थी संगठनहरूले आयोगका अध्यक्षको कार्यकक्षमा तालबन्दी गरेका छन् ।

सोमबार दुवै संगठनले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेका हुन । नतिजा प्रकाशनमा भएको अनियमितता विरुद्द अखिल क्रान्तिकारीले संयुक्त रूपमा तालाबन्दी गरको हो ।

हालै प्रकाशित गरिएको नतिजा खारेज गर्नुपर्ने, अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने माग रहेको छ ।

कार्यालयमा उतीर्ण भएकाहरूको अन्तवार्ता हुँदैगर्दा अखिल क्रान्तिकारीका नेताहरू दाहाल, कुमार बर्तौला र शुलभ वैद्यले तालाबन्दी गरेका हुन् । प्रहरीको सुरक्षा घेरामा अन्तर्वार्ता भइरहेका बेला सेवा आयोगको कार्यालयभित्र प्रवेश गरेर उनीहरूले ताबन्दी गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us