
काठमाण्डु, ३० वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले आगामी बजेटमा विकास बजेट खर्च गर्ने स्थानीय तहलाई पुरस्कारको व्यवस्था गर्न सुझाव दिएका छन् ।
सोमबार संसदमा भएको प्रि–बजेट छलफलमा भाग लिँदै भट्टराईले पूँजीगत खर्च ९० प्रतिशत कार्यान्वयन गर्ने गाउँपालिकालाई १५ र नगरपालिकालाई २० करोड अनुदान संघीय सरकारले दिनुपर्ने बताए । भट्टराईले स्थानीय तहलाई दिइने अनुदान दोब्बर गर्न पनि अर्थमन्त्रीलाई सुझाएका छन् ।
उनले एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने सरकारी विद्यालयलाई संघीय सरकारले ५ करोडसम्म अनुदान दिन सुझाए । यसो भएमा शिक्षा क्षेत्रमा आमुल परिर्वतन हुनसक्ने उनको दाबी छ ।