भाषण गर्दागर्दै राष्ट्रपतिको जिउमा साङ्लो पसेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १५:१२ मा प्रकाशित

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भाषण दिँदै गर्दा उनीमाथि साङ्लो चढेको छ । उनकी महिला सहयोगीले नोटबूक लिएर साङ्लो झार्न खोजेको भए पनि त्यो घस्रिएर छातीमा पुग्यो । त्यसमा डुटेर्टेको ध्यान पुगेपछि त्यसलाई तल झारे ।

त्यसपछि राष्ट्रपतिले भाषण जारी राख्दै भने, ‘विपक्षीले यो साङ्लो पठाएको हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us