विप्लवलाई झट्का, अखिलका अध्यक्ष अनामनगरबाट पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पक्राउ परेका छन् ।


शुक्रबार अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा सहभागी हुन आएका क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर एसएसपी उत्तमराज सुवेदी ढकालले उनी पक्राउ परेको जनाकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us