नेकपाले सत्ता कब्जा गर्न लाग्योः शेखर कोइराला

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् ।पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ को बुधबार काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै उनले भने, ‘सरकार गठन भए यताको क्रियाकलाप हेर्दा नेकपाले सत्ता कब्जा गर्न खोजेको देखिन्छ ।’

मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको पक्ष लिएको उनको दाबी छ । ‘संसदमा हामीले बोलेको रेकर्डबाट तुरुन्तै हटाउने अनि प्रधानमन्त्रीको बोली हटाउन नसक्ने वा पछि हटाए पनि हुने भन्ने हुन्छ ?’ कोइरालाले भने, ‘कार्यपालिका र व्यवस्थापिका एउटै अंग भइसकेको छ, न्यायपालिका पनि कार्यपालिकाको एउटा अंग जस्तो भएको छ ।’

राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, अनुसन्धान विभाग आदि प्रधानमन्त्री अन्तर्गत ल्याउनु सत्ता कब्जाको पूर्वअभ्यास भएको कोइरालाको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us