बागबजारमा श्रीमानले गरे श्रीमतीकाे निर्मम हत्या

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १४:४८ मा प्रकाशित

काठमाण्डु,२४ बैशाख – काठमाण्डुको बागबजारमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

शनिबार २३ वर्षीया श्रीमती निर्मला नेपालको हत्याको आरोपमा काभ्रे भुम्लु घर भएका २७ वर्षीय पुष्कर भनिने राजकुमार पहरीलाई प्रहरीले पक्राउ गरेको हो । राजकुमारले निर्मलाको कपाल समातेर पलङमा पछार्दा निर्मलाको मृत्यु भएको थियो ।

बैशाख २१ गते साँझ नै निर्मलाको मृत्यु भएपनि राजकुमारले घटना गुपचुप नै राखेका थिए । तर आफू अपराधबाट छिप्न नसक्ने भएपछि राजकुमारले वैशाख २३ गते बिहान मात्रै निर्मलाको मृत्यु भएकोबारे आफन्तलाई जानकारी गराएका थिए ।

कोठामा निर्मलाको मृत शव फेला पारेपछि प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us