सडकमा असाहय देखिए प्रहरीमा खबर गर्नुः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १४:५१ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख –प्रधानमन्त्री केपी शर्मा ओलीले सकडमा अलपत्र परेका असाहय देखेमा प्रहरीमा खबर गर्न आग्रह गरेका छन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै अशक्त र असाहयको सरकारले उद्धार गर्ने बताएका हुन् ।

भोकै र गरिबीबाट कोही नमर्ने जिकिर गर्दै प्रधानमन्त्रीले भने, ‘सडकमा ठूल्ठुला कपाल भएका, असाहय कोही देखिए प्रहरीमा खबर गर्नुहोला । सरकारले उनीहरुको व्यवस्थापन गर्छ ।’

प्रधानमन्त्री ओलीले मुलुकमा कम्युनिस्ट नेतृत्वको सरकार भएकोले कोही भोकै मर्न नपर्नेसमेत बताएका छन् । उनले भने, ‘केही साथीहरुले भात खान पाछैन, रेलको कुरा गर्ने ? पानीजहाजको कुरा गर्ने ? भनेर भन्‍नुभएको छ । यहाँ भात पनि हुन्छ । रेल पनि आउँछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us