
काठमाण्डु, २४ वैशाख – बालिका बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रघुगंगा गाउँपालिका–४ दग्नाम कान्छी गाउँ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय निल प्रसाद पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बालिकाको घरमा कोही नभएको अबस्थामा पुनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।