सरकारको नीति तथा कार्यक्रम विद्यार्थीको निबन्ध जस्तोः प्रकाशमान सिंह

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम हाइस्कुलका विद्यार्थीले लेखेको निबन्ध जस्तो भएको प्रतिक्रिया दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा आज आफ्नो धारणा प्रस्तुत गर्दै सिंहले भने, ‘हेर्दै जाँदा सरकारको नीति तथा कार्यक्रम हाइस्कुलको विद्यार्थीलाई ‘देश बनाउन के के गर्नुपर्छ ? भनेर सोधेपछि लेखिएको निबन्धजस्तो लाग्यो ।’

नीति तथा कार्यक्रममा इम्प्रेसन दिन प्रत्येक पानामा नारामात्र हालेको बताए । उनले भने, ‘प्रधानमन्त्री नाराहरु, उखानमा प्रसिद्ध हुनुहुन्छ । नीति तथा कार्यक्रममा इम्प्रेसन दिएर प्रत्येक पानामा नारामात्र राखिएको छ ।’

उनले एकमात्र अन्तराष्ट्रिय विमानस्थलको अवस्था नाजुक रहेको अवस्थामा हाइवेमा धावनमार्ग बनाउनु भन्नु हास्यस्पद भएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us