
काठमाण्डु, २३ वैशाख – प्रहरी प्रधान कार्यालयले काठमाण्डु प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ ।काठमाण्डुको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् ।
नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाण्डुको कमाण्ड दिइँदा हालका काठमाण्डु प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।
यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो ।