भूकम्प गयो

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १३:०१ मा प्रकाशित

एजेन्सी – फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ ।

यस भूकम्पको कम्पन वरपरको कैयौं शहरहरुमा महसुस गरिएको छ । यस भूकम्पका कारण जनधनको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । यस शक्तिशाली भूकम्पपछि परकम्पनको पनि आशङ्का गरिएको छ ।

यद्यपी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले यो भूकम्प ५।५ म्याग्नीच्युडको मात्र भएको जानकारी दिएको छ । –सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us