
काठमाण्डु, २३ बैशाख – पूर्वमन्त्री गोपाल दहित भिक्षु बनेका छन् ।
थारू बौद्ध समाजद्वारा लुम्बिनीमा आयोजित बौद्ध धर्मसम्बन्धी कार्यक्रममा अन्य थारु भक्तजनसँगै पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दहित पनि भिक्षु बनेका हुन् ।
पूर्वमन्त्री दहितले सधैंँ नेता कार्यकर्ताबाट घेरिने गरेको आफूले अहिले गजबको शान्ति महसुस गरेको प्रतिक्रिया दिए ।
लुम्बिनीस्थित महाबोधि सोसाइटी अफ इन्डियाको सभाहलमा आयोजित तीन दिने कार्यक्रममा थारू समुदायका ६० व्यक्तिले सामूहिक रूपमा प्रवज्या लिएर भिक्षु बनेका छन् ।
प्रवज्या भनेको भिक्षु जीवनमा प्रवेश गर्नु हो । पूर्वदेखि पश्चिमका आठ जिल्लाका थारू अगुवा प्रवज्जित भएका हुन् । उनीहरू शनिबारदेखि प्रवज्या लिइरहेका छन् ।