गाडीबाट खसेर काभ्रेका लामाको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते ११:१० मा प्रकाशित

धुलिखेल, २३ बैशाख – तेमाल गाउँपालिका–५ याङदेलमा आइतबार राति बा ५ ख ५३१८ नंको निशान गाडीबाट खसेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार भकुण्डेबेँसीबाट आँखा शिविरको प्रचारप्रसार गरी फर्केको उक्त गाडीको ढोकाको लक खुस्की खस्दा गम्भीर घाइते भएका तेमाल गाउँपालिका–२ सस्र्यूखर्कका २० वर्षीय सुनिल लामाको मृत्यु भएको हो ।

घाइते लामालाई उपचारार्थ धुलिखेल अस्पताल पठाउने क्रममा बाटोमै उनको मृत्यु भएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us