
कपिलवस्तु, २३ वैशाख – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारले नेपाली नागरिकलाई ऋणमा डुबाएर देशमा पानी जहाज र रेल चलाउने सपना बाँड्नुको औचित्य नरहेको बताएका छन् ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले मायादेवी गाउँपालिकाको डुमरामा आइतबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. कोइरालाले दुई तिहाइको वर्तमान सरकारले एक वर्षको अवधिमा उल्लेख्य प्रगति गर्न नसकेको आरोप लगाए ।
उनले अहिलेको सरकार सरकार पूर्ण रुपमा असफल भएको बताए । उनले अहिलेको सरकारले नागरिकलाई पूरा गर्न नसक्ने सपना बाँडेको पनि आरोप लगाए ।
सम्बोधनकै अवसरमा महामन्त्री डा. कोइरालाले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका खेल्न नसकेको भन्दै आसन्न महाअधिवशेनबाट सबैको नेतृत्व गर्न सक्ने एउटा प्रभावशाली पार्टी सभापतिको चयन गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।