बाबुराम र उपेन्द्र एक हुँदै, पार्टी एकता आज

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति तथा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच आज पार्टी एकता घोषणा हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो ११ः ४५ बजे हुने कार्यक्रममा एकताको औपाचारिक घोषणा गर्ने कार्यक्रम छ ।

नयाँ पार्टीको नाम समाजवादी पार्टी, नेपाल राख्ने सहमती दुई दलबीच भइसकेको छ । एकतापछि डा. भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने छन् ।

भट्टराई संघीय परिषदको अध्यक्ष बन्नेछन् भने यादव केन्द्रीय समितिको अध्यक्ष बन्ने सहमती दुई दलबीच भएको छ ।

पार्टीभित्र बाबुराम पहिलो र उपेन्द्र दोश्रो बरियतामा रहनेछन् । तीन सय सदस्यीय केन्द्रीय समितिमा दुई सय फोरमका र एक सय नयाँ शक्तिमा रहने सहमती दुई दलबीच भइसकेको दुबै दलका नेताले जनाएका छन् ।

संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ स‌ांसद छन् । भट्टराई र यादव दुबैको पृष्ठभूमि माओवादी जनयुद्ध हो । ०५४ सालमा माओवादी छाडेका यादव त्यसयता लगातार फोरमको अध्यक्ष छन् । हाल उनी फोरमको अध्यक्ष तथा सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।

भट्टराईले ९ असोज ०७२ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गरेका थिए । ३० जेठ ०७३ मा उनले आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टीको गठन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us