अब कलंकी चोकमा पनि पिक एण्ड ड्रप

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते ८:१३ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुँडिखेल र कोटेश्वरचोक आसपासमा पिक एन्ड ड्रप प्रणाली प्रभावकारी भएसँगै कलंकी एरियामा आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ ।

महाशाखाले उपत्यकाकै व्यस्त चोक कलंकीमा ट्राफिक व्यवस्थापनका लागि पिक एन्ड ड्रप कार्यान्वयनमा ल्याएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले अन्य स्थानमा पिक एन्ड ड्रप प्रभावकारी भएकाले विस्तार गरिएको बताए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us