चार सय केटालाई यौन शोषण गर्ने बास्केटबल कोचरलाई १ सय ८० वर्ष जेल सजाय

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते ७:३७ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण १ सय ८० वर्षको जेल सजाय सुनाएको । ४३ वर्षका ग्रेग स्टिफनलाई कैयौँ वर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकामा दोषी पाइएको थियो ।

वासिङ्टन पोस्टले दिएको समाचरमा स्टिफन आयोवा ब्रनस्टामर्समा एलिय युथ प्रोग्राम चलाउँछन् । उनले केटाहरुसँग बिना लुगा होटल तथा आफ्ना दुई निवासमा सुतेको समयमा क्यामरामा रेकर्ड गरेका थिए । स्टिफनका वकिलले उनका लागि २० वर्ष सजायका लागि आग्रह गर्दै उनी अब समाजका लागि खतरा नभएको बताएका थिए ।
उनका विरोधी वकिलले स्टिफन आफैँले १३ जना बच्चाको निजी अंग खेलाएको कुरा स्वीकारेको तर्क दिएका थिए । एक केटाले प्रहरीसमक्ष दिएको बयानमा स्टिफनको सम्बन्ध उनको कलेजको फुटबल टिमसँग पनि भएकाले आफू कैयौँ वर्षसम्म चुप रहेको बताएका थिए । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us