रुसमा उडिरहेको विमानमा आगो लाग्यो, ४१ जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते ६:३९ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– रसमा उडिरहको जहाजमा आगलागीपछि भएको दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ ।

मस्कोको शेरेमेत्येवो विमानस्थलबाट मुर्मान्सकतर्फ उडान भरिरहेको बेला बेला एक्कासि आगलागी भएपछि आकस्मिक रुपमा विमान मस्कोस्थित अन्तर्राष्टिय विमानस्थलमा अवतण गराइएको थियो । विमान आकस्मिक अवतरण गरेलगत्तै कालो धुँवासहित दनदनी बलेको थियो ।

।दुर्घटनामा ४१ यात्रुको निधन भएको छ । सुपरजेट १०० विमानबाट ३७ जना यात्रुलाई भने जिवीतै बाहिर निकालिएको रुसी सञ्चार माध्यमले जनाएको छ । विमान अवतरण गरेलगत्तै यात्रुहरुलाई आपतकालीन ढोकाबाट बाहिर निकालिएकको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us