
काठमाण्डु, २३ वैशाख– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन् ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिँदै देउवाले भने, ‘सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत होइन ।’
राष्ट्रपति भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटकपटक ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेकी थिइन् । देउवाले सरकारकै कारण राष्ट्रपति पटकपटक विवादमा तानिएको बताए । नागरिक दैनिकबाट