‘मेरो सरकार’ प्रकरणः राष्ट्रपतिको विरोध गर्नेलाई प्रेम आलेको चेतावनी !

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते २१:५८ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– सत्तारुढ नेकपाका सांसद प्रेम आलेले ‘मेरो सरकार’ भनेकामा राष्ट्रपति संस्थामाथि नखनिन चेतावनी दिएका छन् ।

विपक्षी काँग्रेसले राष्ट्रपतिले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ पदावली प्रयोग गरेकामा आपत्ति प्रकट गर्दै संशोधन प्रस्ताव दर्ता गराएकामा उनले विरोध जनाए । मुलुकको अभिभावकका हैसियतमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न‘ पाउने जिकिर उनको थियो । ‘राष्ट्रको अभिभावकका हंसियतले राष्टपतिले ‘मेरो सरकार’ भन्दा किन आपत्ति ?’, नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै संसद बैठकमा आइतबार आलेले प्रश्न गरे, ‘हरेक नागरिकले ‘मेरो सरकार’ भन्छन भने राष्ट्रपतिले भन्न नपाउने ? ’ उनले राष्ट्रको अभिभावकलार्इ विवादमा तानेर लोकतन्त्र र संसदीय प्रणाली बलियो नहुने उल्लेख गरे । दुई तिहाइको कम्युनिष्ट सरकारबाट आत्तिएर काँग्रेस अनावश्यक विरोधमा लागेको आरोप लगाए ।

पटकपटक बहुमत पाएर सत्तासीन हुँदा केही गर्न नसकेको कांग्रेस कम्युनिष्टको स्थायी सरकारबाट आत्तिएर अनावश्यक विरोत्रमा उत्रिएको उनको भनाइ छ । ‘विगतमा आफू सत्तामा हुँदा केही गर्न नसेकको काँग्रेस सरकारको लोकप्रियताबाट आत्तियो’, आलेले भने । आलेले सरकारले ल्याएको नीति तथा कार्यक्रम लोकप्रिय रहेको भन्दै उनले विकास गरेरै सरकारले काँग्रेसलाई चकित पार्ने जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us