युवती बलात्कार गरेर अमेरिका भागेका नेपाली युवकलाई अष्ट्रेलिया ल्याइयो

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १६:४४ मा प्रकाशित

सिड्नी, २२ वैशाख – सिड्नीमा एक महिलामाथि जबरजस्ती करणी गरी अमेरिका भागेका बलराम नाम गरेका नेपाली युवकलाई यहाँको प्रहरीले अमेरिकन प्रहरीको सहयोगमा प्रक्राउ गरी अस्ट्रेलिया ल्याएको छ । उनलाई बिना सहमति यौन सम्पर्क गरेको आरोप लागेको छ।

पर्यटक भिसामा अस्ट्रेलिया घुम्न आएका ३५ वर्षीय बलराम शिवलाई सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा २१ वर्षीय स्थानीय महिलामाथि यौन हमला गरेको आरोप लगाइएको स्थानीय प्रहरीले जनाएको छ । आरोपित बलराम अमेरिकाको न्यूयोर्कबाट समातिएका हुन् ।

घटना घटेको केही दिनमै घुम्न आएका आरोपित संयुक्त राज्य अमेरिका फर्केको प्रहरीको भनाइ छ ।

यसरी अस्ट्रेलियन भूमिमा गलत काम गरी अमेरिका पुगेर बसेका निजलाई ती अस्ट्रेलियन युवतीको उजुरीका आधारमा खोजी सुरु गरिएको थियो ।

संयुक्त राज्यसँगको सुपुर्दगी सन्धिअनुरुप प्राप्त वारेन्टको आधारमा न्यु साउथ वेल्स प्रहरीका सेन्टजर्ज इलाका कमाण्डका केही सदस्य आरोपितलाई प्रक्राउ गर्न न्युयोर्क पुगेका थिए ।

अष्ट्रेलियाली प्रहरीले संघीय पक्राउ पूर्जि जारी गरेपछि अमेरिकामा उनलाई हिरासतमा लिई सुपुर्दगी गरिएको थियो ।

उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोगमा लस एन्जल्सबाट अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो । सिड्नी ल्याईएको ती अभियुक्तलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us