यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने अवसर

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १४:०० मा प्रकाशित

यूएई, २२ वैशाख – अल अहलिया एक्सचेञ्जले यो वर्ष पनि यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने योजना ल्याएको छ ।

मे ५ तारिख आइतबारदेखि जुलाई ३ तारिखसम्म अहलिया एक्स्चेन्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिने एक्सचेञ्जले जनाएको छ ।

योजनाको पहिलो ३ वटा कारका लागि आबुधाबीको इलेक्ट्रा शाखामा जुलाई ४ तारिख गोलाप्रथा गरिनेछ । यस्तै थप ३ वटा कार सारजाहको अल सज्जा इण्डस्ट्रियल क्षेत्रमा रहेको शाखामा जुलाई ७ मा सार्वजनिक गरिने र मेघा प्राइज अन्तर्गत १ किलो सुन र ४ वटा कारको घोषणा दुबईको अलकुज शाखामा आउँदो जुलाई ८ तारिख सार्वजनिक गरिने एक्सचेन्जका नेपाल सेक्टर प्रमुख बेनीमाधव ढकालले जानकारी दिए ।

बैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्न यस्ता योजना ल्याइएको अल अहलिया एक्स्चेन्जका जनरल म्यानेजर कमल सुब्बाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us