
काठमाण्डु, २२ बैशाख – अवैध सुन ल्याएको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भारतीय नागरिक शतिश कुमार अरोरालाई ८१८ ग्राम सुनसहित पक्राउ गरेको हो ।
थाइल्यान्डको बैंककबाट काठमाण्डु आउँदै गरेका उनलाई अवैध सुनसहित पक्राउ गरिएको भन्सार कार्यालय स्रोतले बतायो । विमानस्थलको मेटल डिटेक्टरले पत्ता लगाउन नसक्नेगरी ल्याइएको सुन भन्सारले पत्ता लगाएर पक्राउ गरेको हो ।
थाइलायन एयरलाइन्सको उडानबाट चार बजे काठमाण्डु अवतरण गरेका अरोराले सुटकेसको बटम वाएरमा लुकाएर ल्याएका थिए ।
सुटकेसमा कृतिम बटम सिर्जना गरी १४८ वटा सुनका बटम राखिएको भन्सार स्रोतले जनाएको छ ।