
काठमाण्डु, २२ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिलाई सरकारले विवादमा तान्न खोजेको आरोप लगाएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रपतिलाई महारानीको शैलीमा प्रस्तुत गर्न खोजिएको टिप्पणी गरेका हुन् ।
‘राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाउनु गणतन्त्रका लागि शुभ संकेत होइन’ देउवाले भने ।
यसअघि नीति तथा कार्यक्रम संघीय संसद्मा पेश गर्ने क्रममा राष्ट्रपतिले पटक–पटक मेरो सरकार भनेकोमा कांग्रेसले आपत्ति जनाएको थियो ।