
एजेन्सी । भारत प्रशासित कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का नेता गुल मोहम्मद मीरको हत्या भएको छ ।
अनन्तनाग जिल्लाका नेता मीरलाई शनिबार राति गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना पाँचौँ चरणको लोकसभा निर्वाचन हुन दुई दिन बाँकी छँदा भएको हो ।
भारतका विभिन्न प्रान्तमा सोमबार पाँचौँ चरणको लोकसभा निर्वाचन अन्तर्गत मतदान हुँदैछ । भारतीय जनता पार्टीले घटनाको निन्दा गर्दै छानबिनको माग गरेको छ ।
प्रहरीले एक बयान जारी गर्दै नीरमाथि नौगामस्थित उनकै घरमा आक्रमण भएको जनाएको छ । आक्रमणपछि गम्भीर घाइते उनलाई अस्पतालमा पुर्याइएको थियो ।
उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् । मीर हत्याको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन ।