आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १०:०५ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख – नयाँ आर्थिक बर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आइतबारदेखि छलफल सुरु हुँदैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको सयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

साथै आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि बोल्ने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us