गगन थापाले केपी ओलीलाई सोधेः राष्ट्रपतिको निजी नीति कार्यक्रम सुनें, सरकारको सुन्न कहिले कहाँ आउने हो ?

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १८:२७ मा प्रकाशित

काठमाण्डु, २०  वैशाख–काँग्रेस नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकामा आपत्ति जनाएका छन् ।
थापाले आफू जनताको सरकारको नीति तथा कार्यक्रम सुन्न संसदमा आएको भए पनि राष्ट्रपतिले आफ्नो नीजि सरकारको कार्यक्रम घोषणा गरेको भन्दै व्यङ्ग्य गरेका छन् । उनले नेपाल सरकारको नीति कार्यक्रम सुन्न कहाँ र कहिले आउने हो भन्ने प्रधानमन्त्री केप ओलीसँग प्रश्न गरेका छन् । ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको छ’, थापाले ट्वीट गर्दै भनेका छन्, ‘@ pm_nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकी थिइन् । यसअघि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि उक्त विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us