राष्ट्रपतिको सम्बोधन नसकिँदै काँग्रेसको प्रश्नः राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्ने संविधानको कुन धारामा छ ?

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १७:५९ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकामा प्रतिपक्षी काँग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको आलोचना गरेका छन् । राष्ट्रपतिको सम्बोधन जारी रहेकै बेला ट्वीट गर्दै शर्माले मुलुकमा नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? भन्ने प्रश्न गरेका हुन् । ‘सम्माननीय @PM_Nepal  मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ?’, शर्माले ट्वीटमा भनेका छन्, ‘कुनै बेला ‘श्री ५ को’ सरकार थियो ।

राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’ राष्ट्रपति भण्डारीको सम्बोधनमा ठाउँठाउँमा ‘मेरो सरकार’ भन्ने शब्द उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us