
काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
सो क्रममा उनले सार्वजनिक जग्गामाथि भएका चलखेललाई अन्त्य गरी सरकारको नाममा ल्याउने उल्लेख गरेकी छन् ।
संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबार बसेको संयुक्त बैठकमा उनले अपराह्न नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
यस्तै, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति भण्डारीले विदेश आयातबाट हुने सामाग्री कम गरिने उल्लेख गरिएको छ ।
वास्तविक कृषिकलाई प्रोत्साहन गरिने, अर्गानिक खेती, जैविक प्रजातिको बिऊ उत्पादन गरिने बताइएकी छन् । उनले आगामी दिनमा युवाहरुलाई कृषिमा ल्याउने बताइन् । यस्तै साना किसानलाई सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।