सरकार झोलुङ्गे पुल लिएर खोला खोलामा पुग्योः राष्टपति

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १६:५६ मा प्रकाशित

काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको सुखदुखमा सरकार घरदैलोमा पुगेको भन्दै सह्राना गरेकी छन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले तुइन मार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सरकार झोलुङ्गे पुल लिएर खोला खोलामा पुगेको भन्दै सरकारको सह्राना गरेकी हुन् ।

उनले प्रसव पीडामा छटपटिएकी सुत्केरीको उद्धार होस् वा हावाहुरीबाट प्रभावित बारा पर्साका पीडितहरुको लागि होस् सरकार तदारुकताका साथ उपस्थित भएको बताइन् । नागरिकका घर दैलोमा नै सरकार पुगेको आभास दिलाउन कुनै कसर सरकारले बाँकी नराखेको भन्दै उनले यस्तो कार्यलाई अझै तीव्र बनाउन आग्रह गरे ।

सरकारले लिएको आर्थिक नीतिको कार्यान्वयन उत्साहजनक रुपमा भइरहेको भन्दै उनले यसले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने आधार तय भएको पनि बताए । पछिल्ला दुई वर्षमा ६ प्रतिशत र यस वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएकाले यसको आधार तय भएको हो ।

अहिले स्टिमर चल्न थालेको भन्दै उनले अब छिट्टै समुन्द्रमा नेपालको झण्डासहितको पानी जहाज चल्ने कार्य अघि बढेको, आफ्नै स्याटेलाइटमार्फत आवश्यक सूचना संकलनको सुरुवात हुनुले सरकारले लिएका सोचहरु सार्थक हुँदै गएको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us