आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुँदै

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १०:१५ मा प्रकाशित

काठमाण्डु, २० वैशाख – सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले वाचन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु उपस्थित हुनेछन् ।

बैठक संघीय संसदका सभामुख कृष्णबहादुर महराले सञ्चालन गर्नेछन् । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट प्रस्तुत गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us