
एजेन्सी – उत्तर अस्ट्रेलियाको राजमार्गमा तीन वटा आँखा भएको सर्प भेटिएको छ ।
अस्ट्रेलियाको नर्थन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिसले यस अजिंगर सर्पबारे जानकारी दिएको हो ।
यस अनौठो सर्पको फोटो सार्वजनिक भएपछि विश्वभर यस फोटो भाइरल बनेको छ । यस सर्पको दुई आँखा प्राकृतिक रुपकै छन् । अर्को आँखा भने टाउकोमाथि छ ।
१५ इन्च लामो यस सर्प कमजोर भएको बताइएको छ । एक आँखामाथि भएकाले यस सर्पले आँखा बचाउने प्रयास गरिरहन्छ ।
वैज्ञानिकहरुले तीनवटा आँखा भएको सर्प पहिलो पटक देखिएको बताएका छन् । यसअघि २ वटा टाउको भएको सर्पको अस्तित्व भने पत्ता लागेको थियो ।