कम्युनिस्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का हुन्छः शेखर कोइराला

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १०:३७ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेको आरोप लगाएका छन् । निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको पनि कोइरालाको टिप्पणी गरे ।

नेपाली कांग्रेस भुम्लु गाउँपालिकाद्वारा काभ्रेको सल्लेमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले केही वैचारिक मतभेद रहे पनि कम्युनिस्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको पनि बताए ।

कोइरालाले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न आफूहरू तयार भए पनि सरकार दम्भका साथ अघि बढेको बताए ।

पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्नेमा पनि उनले जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us