
काठमाण्डु, १९ वैशाख– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वको पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ ।
नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो । नेकपामा अध्यक्षद्वय केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ ।
स्रोतका अनुसार नेकपा पोलिटब्युरोमा प्रचण्ड पक्षका ४९, ओली पक्षका ३८, नेपाल पक्षका ३६, राबहादुर थापा पक्षका १०, वामदेव गौतम पक्षका ७ र नारायणकाजी श्रेष्ठ पक्षका श्रेष्ठ ७ छन् । झलनताथ खनाल पक्षका भने एक जना पनि पोलिट्ब्यरोमा छैनन् । नागरिक दैनिकबाट