
काठमाण्डु, १७ बैशाख – ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीको टोलीले मंगलवार बिहान काठमाण्डु बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाण्डु महानगरपालिका–१४ स्थित कुमारी क्लब नजिक ड्युटीमा खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा होहल्ला गरी अशान्ति फैलाउने क्रममा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको प्रहरीको दाबी छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।