
कपिलवस्तु, १६ वैशाख – कपिलवस्तुमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानसहित तीनजना पक्राउ परेका छन् ।
बाणगंगा नगरपालिका ८ बालापुरमा हत्या गरी फालिएको अवस्थामा २१ वर्षीया सुनिता थारुको शव भेटिएपछि श्रीमान सुरेश थारुसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए ।
शव सोमबार बिहान घर नजिकैको वाणगंगा खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।