खुलामञ्च कब्जा गर्ने ठेकेदारको यस्तो दादागिरी

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते ६:३९ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइउड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए ।

यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे । यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे । सबैतिर महानगरपालिकाले शनिबार डोजर लगाई संरचना भत्काएको चर्चा थियो । व्यापारी तथा सर्वसाधारण यसैबारे छलफल गरिरहेका थिए तर पीडित व्यापारी भने कतै देखिएनन् ।
‘मलाई पनि १२ लाख रुपैयाँ सलामी र १२ हजार मासिक भाडा तिर्ने गरी सटर लिन ती मान्छेले भनेका थिए,’ वषपार्क क्षेत्रमा घडी तथा इलेक्ट्रोनिक्स सामान बेच्दै आएका एक व्यवसायीले भने,‘तर मैले सकिनँ । तिरेको भए डुब्ने रहेछ ।’ कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us