दाङमा बस पल्टियो, चार जना घाइते

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १६:३१ मा प्रकाशित

दाङ, १५ बैशाख – दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनाभएको छ । आइतबार अपरान्ह २ बजे तुलसीपुर ६ हात्तीखौवामा सो बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ यात्रु घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो ।

बस हात्तीखौवा सडकदेखि तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइहरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us