उपमेयर खड्गीमाथि खुलामञ्चका व्यवसायी झम्टिएपछि…

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते १५:०६ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख – काठमाण्डु महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि व्यवसायीहरुले आक्रमणको प्रयास गरेका छन् ।

काठमाण्डु महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।

उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन गर्दै व्यवसायीहरुलाई सल्लाह सुझाव दिएको बुझिएको छ ।

तर, आज उक्त ठाउँमा डोजर परिचलन गरेर सटर भत्काइसकेपछि पुगेकी उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us