बाबुरामले ट्वीटरमा लेखेः ‘सरी ! बारपाक’

काठमाण्डु टुडे २०७६ वैशाख १२ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, १२ बैशाख – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले भूकम्प गएको चार वर्ष पुग्दा खुशी र दुःखको अनुभूति एकसाथ भएको बताएका छन् ।

चार बर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको स्मरण गर्दै नेता भट्टराईले बारपाकसँग माफी पनि मागेका छन् ।

उनले बिहीबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘विनाशकारी भूकम्पको केन्द्र बारपाकको पुनर्निर्माणपछि खुशी र दुःखको अनुभूति एकैसाथ भैरहेछ । बारपाकले संसदमा प्रतिनिधित्व गर्ने अवसर दिएकोमा आभारी छु । तर, यो नयाँ बारपाक र त्यो पुरानो बारपाक हेरौं त ! घले, गुरुङ संस्कृति कायमै राखेर पनि त पक्की घर बनाउन सकिन्थ्यो ! हामी चुक्यौं ।’ ट्वीटको अन्त्यमा उनले ‘सरी बारपाक’ लेखेका छन् ।

२०७२ वैशाख १२ गतेको गोरखाको बारपाक केन्द्र भएर ७.६ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परि ७१ हजार ५ घर भत्किएकोमा अहिलेसम्म ४९ हजार ७० घर बनिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us