कागजपत्र नै नराखी सिमकार्ड बिक्री गर्ने दुई जना पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख १२ गते १४:५९ मा प्रकाशित

काठमाण्डु, १२ बैशाख – महानगरीय अपराध महाशाखाले सिमकार्डको दुरुपयोग गरि बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा वैतेश्वर घर भई काठमाण्डु बालाजु बस्दै आएका ४६ वर्षीय दिलबहादुर खत्री र दोलखा वैतेश्वर नै घर भई बालाजु बस्दै आएका २० वर्षीय राजकुमार दाहाल रहेका छन् ।

उनीहरुले ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गर्दै आएका थिए । विवरण नै नराखिएका सिमकार्डबाट अपराध बढ्न सक्ने र अपराधीलाई फाइदा पुग्न सक्ने अवस्था रहने गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिहंले बताए ।

उनीहरुलाई दुरसञ्चार ऐन,२०५३ अर्न्तगत कारबाही प्रक्रिया अगाडी बढाइएको एसएसपी सिहंले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us