
वीरगन्ज, १० वैशाख – वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन् । पर्साको छिपहरमाइ गाउँपालिका– ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन् ।
वीरगन्ज हेल्थ केयर हस्पिटलमा मङगलबार दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ वटा शिशु जन्माएकी हुन् । खातुनले जन्माएका चारैजना शीशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
खातुनले जन्म दिएकी तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २ सय ५० ग्राम रहेका छन् ।
उनका अनुसार चारैजना शिशुको अवस्था सामान्य रहेपनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयु कक्षमा राखिएको छ ।
सामान्यता गर्भ रहेको ९ महिनामा शशिु जन्मिने गरेको भएपनि खातुनले सात महिना पनि नपुग्दै शिशु जन्मिएकाले उनीहरुको तौल कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिइन् ।