
काठमाण्डु, ८ बैशाख – सत्तरुढ दल कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी कमजोर हुनुमा व्यक्ति दोषी भएको बताएकी छन् ।
सबै एकजुट भएर सामुहिक प्रयास नगरी पार्टी बलियो नहुने उनले बताइन् । प्रेस युनियनद्वारा पोखरामा आयोजित कार्यक्रममा उनले एउटा चुनाव हार्दैमा मनोवल कमजोर बनाउन नहुने उल्लेख गर्दै देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको संगठन विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले वर्तमान सरकार सहकार्य नगरी एक्लै अघि बढ्न खोज्दा सफल बन्न नसकेको बताइन् ।